पोखरा । साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तन सम्भव भएको र अागामी मंसिर ४ गते जनताले परिवर्तनको पक्षमा मतदान गर्ने बताएका छन् !नवलपुर जिल्लाकाे जिल्ला भेलालाई सम्बाेधन गर्दै सभापति लामिछानेले उक्त कुरा उद्घाेष गरेका हुन । उनले भने- ” पुराना राजनीतिक दलहरुका कारण नेपाली जनताहरु वाक्क छन् , हामी भ्रष्टाचार , वेथिति, ज्यादतीका विरुद्धमा लागेका छाैँ ! परिवर्तन असम्भव होइन अब तपाईंको मंसिर ४ गतेकाे मतदानले सम्भव हुनेछ !”
राष्ट्रिय स्वतन्त्र पार्टीकाे सरकार अाएपछि नेपालकाे शिक्षा पद्धति , स्वास्थ्य सेवा, सरकारी कार्यालय लगायतका क्षेत्रमा भएका वेथितीहरुकाे अन्त्य हुने समेत उनले दाबी गरे ।
पुराना राजनीतिक दलहरूले जनताका पक्षमा काम गर्न सकेको भए हामी विभिन्न पेशा व्यवसाय गरेका व्यक्तिहरु राजनीतिमा अाउनुपर्ने जरुरी नभएको समेत वताए ! नेपालकाे राजनीतिमा काम गर्न नसक्नेहरु सत्तामा पुगेको र सक्षम मान्छे घरमै बसेकाे टिप्पणी गरे ! लामिछानेले भने – “असक्षम व्यक्तिको राजनीतिले देशको यो हालत भएको हो , तपाईं हामी सक्षमहरु घरमै बसेउँ , उनिहरुले अाँफु र अाफ्नाका लागि मात्र गरे, जनताका लागि गरेनन् ! अब अाउनुस् देश निर्माणमा काँधमा काँध मिलाएर हिँडाै। निस्वार्थ नेतृत्व लिएर देशका लागि केही गर्नुपर्ने बेला अाएकाे छ !”
गण्डकी प्रदेश समितिकाे अायाेजनामा भएको भेलामा गण्डकी प्रदेश सभापति डा. ढाका कुमार श्रेष्ठले गण्डकी प्रदेशबासी सम्पूर्ण जनतालाई निशुल्क स्वास्थ्य र शिक्षाको अबधारणा पार्टीले ल्याएको जानकारी गरे !
भेलामा केन्द्रीय सदस्य डिपी अर्याल , हाजि ईसरमुल्ला मियाँ , गण्डकी प्रदेश समिति सदस्य माधव प्रसाद कँडेल , अशाेक खड्का , श्याम सुनार, पाेखरा महानगर सभापति नारायण प्रसाद अाचार्य लगाएतले बाेलेका थिए ! कार्यक्रमकाे संचालन गण्डकी प्रदेश सदस्य तथा सुचना विभाग प्रमुख बाेधराज रेग्मीले गरेका थिए !नवलपुरमा नरिश्वर लामिछानेको सभापतित्वमा जिल्ला समिति र जिल्लाका अाठअाेटै पालिकामा समिति गठन भएको छ ! राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि देश दाैडाहमा रहेको छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।