काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो । ‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ, अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकारसमक्ष ३० कात्तिकको मितिसमेत प्रस्ताव गरिसकेको छ,’ निर्वाचन आयोगले छिटोभन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकारसमक्ष दबाबसमेत बढाउन थालेको छ । आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले नामावली संकलनतर्फ भिड कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।