काठमाडौंः काठमाडौंको फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका सवारी साधनलाई स्थानीयले अवरोध गरेका छन् । सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ ।
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा धुनिबेसीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । जनप्रतिनिधिको निर्णय चित्त नबुझको भन्दै स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रहरीले अवरोधलाई मत्थर गर्दै ७२ वटा गाडी पास गरेको छ भने केही स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।