काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर आगामी आइतबारदेखि सेवाग्राहीसँग समस्या तथा गुनासो सुन्ने ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम शुरूवात गर्ने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको श्रम कल सेन्टरमार्फत अब हरेक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म सेवाग्राहीसँग समस्या तथा गुनासो सुन्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो समस्या, गुनासो तथा सुझाव राख्न नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१, मन्त्रालयको टोल फ्रि नम्बर १६६००१५०००५, ल्यान्डलाइन नम्बर +९७७–०१–५९७०००८, ह्वाट्स एप र भाईबर ९८०१३०००३३ र फेसबुक आईडीमार्फत सम्पर्क गर्न सकिने बताएको छ ।
हरेक आइतबार एक घण्टा प्रत्यक्षरूपमा हुने कार्यक्रममा स्वदेश तथा विदेशबाट समस्या राख्न सकिने मन्त्रालयले बताएको छ । मन्त्री कुँवर राजधानी बाहिर रहेको अवस्थामा भने श्रमिकसँग श्रममन्त्री कार्यक्रम नगरिने मन्त्रालयले जनाएको छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।