काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाएका म्यानपावर कम्पनीको पनि नवीकरण निवेदन लिन शुरु गरेपछि व्यवसायी उत्साहित भई नवीकरणमा लागेका छन् ।
सय नपुगेका कम्पनीको पनि नवीकरण निवेदन लिने निर्णय भएको दोस्रो दिन बुधबार एक सय व्यवसायी नवीकरणका लागि विभाग पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार सयभन्दा कम कामदार पठाउने म्यानपावरहरुको नवीकरण निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।
मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल र कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेले मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेपछि चालू आर्थिक वर्षमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको पनि नवीकरणका लागि निवेदन दर्ता गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कानून मन्त्रालयको राय लिएर सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरी बाधा अड्काउ आदेश जारी गर्ने व्यवस्था गर्न गत हप्ता नै मन्त्रिपरिषदमा प्रस्ताव पठाएका छन् ।
आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले त्यस विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । सय जना पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरण भने मन्त्रिपरिषद्को बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णयपछि मात्र हुने छ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।