२० असार, काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् ।
उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताए । जुन नियमत आपूर्ति भइरहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो । ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।