आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषद्मा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभए सरकार अल्पमतमा पर्छ । बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले मन्त्री हेरफेर गर्दा अरू पार्टीमा पनि प्रभाव पर्ने भन्दै तत्कालका लागि निर्णय रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । देउवा र दाहालले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्दा सरकार सुरक्षित हुने बताएका थिए । त्यसपछि अध्यक्ष नेपाल बजेट पारित गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सहमत भएको त्यहाँ सहभागी एक नेताले बताए । ‘मन्त्रिपरिषद् हेरफेरकै कारण एकीकृत समाजवादीमा विवाद चर्कियो र जसपा फुट्यो भने बजेट पारित गर्न कठिन हुन्छ,’ ती नेताले भने, ‘त्यसकारण अहिले जोखिम नलिने भन्ने निष्कर्षपछि तत्काललाई मन्त्रिपरिषद् हेरफेर रोकिएको हो ।’
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।